मनोरंजनरोचकसमाचार

फेरी नायिका साम्राज्ञीको चर्चा गदै भारतीय मिडियाले भन्यो , ‘यी हुन् राजपरिवारकी नेपाली अभिनेत्री’

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जीवनको चर्चा गदै भारतीय सञ्चार माध्यमले समाचार प्रकाशित गरेको छ । (आज )शुक्रबार प्रकाशित समाचारमा भारतीय मिडिया आजतकले ,“यी हुन् राजपरिवारकी नेपाली अभिनेत्री, एक फिल्ममा काम गरेबापत लिन्छिन् यति धेरै रकम” भन्दै लेखेको छ । उक्त समाचारमा राम्राज्ञीको जीवनको रोचक तथ्यहरु समेत लेखेको छ ।

त्यसका साथै समाचारमा उनको तस्विरहरु पोष्ट गर्दै उनको घरपरिवार ,चलचित्रहरु ,अध्ययन र उनी राजपरिवारको वंश भएको भन्दै प्रिया शांडिल्यले लेखेकी छिन् । यसअघि आजतकै मै प्रियाले राजेश हमाललाई भारतको अमिताभ बच्चनसँग तुलना गर्दै , यी हुन नेपालका अमिताभ बच्चन हेडलाइन दिएर समाचार लेखेकी थिइन् ।

Related Articles

Close
Close