रोचकसमाचार

दिल्ली बाट-बुटवल आउदै गरेको बस चेक गर्दा प्रहरी नै चकित परे

भैरहवा, १७ साउन । रुपन्देहीको बुटवल देखि भारतको राजधानी दिल्ली जोड्ने सिधा बस सेवाको दुरुपयोग भएको पाइएको छ । बुटवल-दिल्ली चल्ने बसहरूमा तस्करीदेखि भन्सार छलीमा प्रयोग भएको पाइएको छ ।दिल्ली आजादपुर देखि बुटवल जान भैरहवा आइपुगेको लु १ ख ६६४९ नम्बरको कालो नम्बर प्लेटको बसलाई सशस्त्र प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । उक्त बसबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको ठूलो परिमाणको लत्ताकपडा बरामद गरेको छ भने चालक र सह चालकलाई नियन्त्रणमा लिएको छ ।उक्त बसमा ३८ जना यात्रु पनि रहेको जानकारी प्रहरीले दिएको छ । पक्राउ पर्नेमा बसका चालक स्याङजा जिल्ला गल्याङ नगरपालिका मालुङ्गाका राजु सुनार रहेका छन् भने सह चालक स्याङजा जिल्ला गल्याङ नगरपालिकाकै यम बहादुर सुनार रहेका छन् ।बसका मालिक हाल दिल्ली बस्ने श्याम बहादुर बिक रहेको बताउछन् सह चालक यम बहादुर सुनार । सुनारका अनुसार दिल्ली

आजादपुरमै एउटा ट्याम्पोमा कपडा ल्याएर बसमा राखिएको बताए । सुनारले बस मालिककै संलग्नतामा कपडा बुटवल ल्याएर पुर्याउने गरि गाडीमा राखेर
ल्याएको दावी गरे ।बरामद गरेको कपडा सहित समानको मूल्य ६ लाख ५० हजार भन्दा बढि रहेको शसस्त्र प्रहरी बल रुपन्देहीका प्रहरी नायव उपरीक्षक गोबिन्द बहादुर खातीले बताए । उक्त समानहरु बसमा फल्स बटम बनाएर ल्याइएको थियो ।दिल्लीबाट बुटवल आइरहेको बसमा विभिन्न अवैध सामान रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले बिहीबार भैरहवाबाट बसलाई नियन्त्रणमा लिएको थियो । बसका विभिन्न भाग खोलेर हेर्दा लुकाएर राखेको अवस्थामा ती सामान भेटिएका खातीले बताए । बस र सामानबारे थप अनुसन्धान गर्न भंसार कार्यलय पठाइने प्रहरीले जानकारी दिएको छ ।बरामद भएको समानमा चुन्नी, ट्राउजर, ब्रा पेन्टी सेट, ब्रा, पार्टी ब्लाउज, लेहङ्गा, साडी, टप्स, टप्स ट्राउजर सेट, लेडिज सुट रहेका छन् ।सशस्त्र प्रहरी बल रुपन्देहीले यस भन्दा अघि दुई पटक यसरीनै दिल्ली बाट आउने बसमा भन्सार छलेर ल्याएको लाखौंको कपडा बरामद गरेको थियो ।

Related Articles

Close
Close