मनोरंजनरोचकसमाचार

पढाइमा रुची बढाउन यी १० टिप्स फलो गर्नुहोस्

काठमाडौ । पढ्न मन नलागेर अनेकौ सोच्नेलाई हातमा पुस्तक मनमा दश थोक भन्ने गरिन्छ । पढ्न खोजेर वा समय छुट्याएर पुस्तक बोकेर बस्दापनि पढ्न भने पटक्कै मन लाग्दैन ? परीक्षा आएपछि अनि अत्यास लाग्न थाल्छ ? अव त पढ्छु भन्यो दिमागमा बसे पो । धेरैको मनमा यस्तै कुराहरु खेलिरहेको हुन्छ । मनोवैज्ञानिकहरुले यसो हुनुका केहि कारण पत्ता लगाएका छन् । ती कारण बुझेर अघि बढ्न सके पढाई झर्को लाग्दो हुदैन । परीक्षामा हाउगुजि बन्दैन । पढ्न मन लगाउने १० मुख्य उपाय यस्ता छन् ।

  • केन्द्रित हुने : हामी जुन विषय पढीरहेको हुन्छै, त्यसमै केन्द्रित हुनुपर्छ,गणित समस्या समाधान गरी रहेका बेला मनमा अंग्रजिको कुरा खेलाउनु हुन्न र सो समयमा अरु विषयको चिन्ता लिनु भएन ।
  • पकड राख्ने : कुनै विषयमा पकड कमजोर छ भने त्यो विषयमा अझ धेरै ध्यान दिनु पर्छ । हामि त्यो विषय पढ्न बढी रुचाउंछौ जुन राम्ररी आउंछ । त्यसैले कमजोर विषयमा पकड बनाउनु पर्दछ ।
  • रुचि बढाउने : कुनै विषयमा रुचि छैन भने त्यसमा रुचि जगाउनुपर्छ रुचि नभएको विषयमा रुचि बढाउन दिन प्रति दिन लगातार अभ्यास गर्नाले रुचि बढाउन सकिन्छ ।
  • सिमित किताब : आफ्नो स्तर अनुसार वा आफूले पढ्ने किताब मात्रै राख्नु पर्छ, बांकि सम्बन्धित दराज र्याक राख्नु पदर्छ । सथै किताब संगै भएमा यो पढौ कि त्यो पढौ भन्ने हुन्छ ।
  • निश्चित समय : कुनै पनि विषयको पढ्न पाठन गर्दा टाइम टेवल बनाएर अध्यान अध्यापन गर्नु पर्दछ, त्यसैका आधारमा पढेमा नियमित पढाई हुन्छ ।
  • लक्ष्य निर्धारण : लक्ष्यविना पढाइ बोझिलो हुन्छ । कुन विषय कसरी पढ्ने भनि त्यो पढेर के बन्ने के गर्ने भन्ने निधारण गर्ने नसक्नेले पनि पढाइमा रुचि नलागेको हुन सक्छ ।
    संचारका प्रविधि : अहिलेको समयमा संचार प्रविधिको युग हो । संचारका विभिन्न साधनको प्रयोग गरी अध्यान अध्यापन गर्नाले पढाइ रुचि भइ चिरस्थायी हुने गर्दछ ।
  • साथि संगत : साथिको सहि र राम्रो कुरालाई समर्थन र नराम्रो कुरालाई सच्याउका लागी आग्रह गर्नु पर्दछ । राम्रो साथिको सधै संगत र नराम्रोलाई संधै टाढै राख्नुपर्दछ ।
  • प्रेरणा : प्रेरणालाई सबै मनिसलाई हौसला र प्रोत्साहन प्राप्त गर्न सकन्छ । राम्रो र उत्कृष्ट व्यक्तिको प्रेरणा र हौसलाले थप कुरा सिक्न र जान्नका लागी मार्गदर्शक बन्ने प्रेरणा गर्दछ ।
  • खास रुची : आफ्नो रुचि अनुसार काम कारवाही अगाडी बढ्नु पर्दछ । जसले नया–नया कुरा सिक्न र सिर्जनात्मक कुरा वा क्षेत्रमा रुचि बढी भई धेरै कुरा सिक्ने जस्ता कुराहरु हुन्छन् । पढाइसंगै आफ्नो रुचि कर विषयलाई अगाडी बढाउन सकेमा उन्नती प्रगति हुने देखिन्छ । समय–परिस्थिति अनुसार आफ्नो रुचि चाहना अनुसार कार्य गरेमा जीवन उन्नती भई सहि मार्गमा लाग्न सकिन्छ ।

Related Articles

Close
Close