रोचकसमाचार

भीटेन र शिल्पा मास्के प्रेममा ? फ्यानले भने– जोडी सुहायो

काठमाडौं – भीटेनका नामबाठ चर्चित र्‍यापर समीर घिसिङले नायिका शिल्पा मास्केसँगको एक तस्वीर शेयर गरेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा फ्यानले जोडी सुहाएको भन्दै प्रतिक्रिया दिएका छन् ।
पछिल्लो समय ‘यस्तै त हो नि ब्रो’ बजारमा ल्याएर चर्चा कमाएका भीटेनले शेयर गरेको तस्वीरमा फ्यानले माया दर्शाउँदै कमेन्ट गरेका छन् ।
बेलाबेलामा समीर र शिल्पा प्रेममा भएको चर्चा चल्ने गरे पनि यस बारेमा उनीहरुले मुख खोलेका छैनन् । शिल्पा मास्के अभिनित फिल्म ‘सानो मन’ को प्रिमियरमा पनि भीटेन पुगेका थिए । भीटेन र शिल्पा मास्के प्रिमियरका क्रममा पनि एकसाथ देखिएका थिए ।

समीरले इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा एक फ्यानले लेखेकी छिन्, ‘उनी तपाईंभन्दा बूढी देखिन्छिन् ।’
यस्तै एक प्रयोगकर्ताले कमेन्ट गरेकी छिन्, ‘डाहा त लाग्यो तर जोडी सुहाएको छ है !’ अर्का एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘जोडी सुहाएको छ
समीरका पछिल्लो समय फ्यान फलोइङ बढ्दै गइरहेका छन् । शिल्पाले अभिनय गरेका फिल्मले पछिल्लो समय खासै चर्चा कमाउन नसके पनि उनी अहिलेकी चर्चित नायिकामध्ये एक नायिका हुन् ।

Related Articles

Close
Close