अन्तर्राष्ट्रिय समाचारसमाचार

आज दुबई, कतार, मलेसिया लगाएतका विदेशी मुद्राको भाउ घट्यो हेर्नुहोस

साउन १६ , काठमाडौँ | नेपाल राष्ट्र बैंकले बिहिबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११० रुपैयाँ ३७ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४३ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६० पैसा र बिक्रीदर २६ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

त्यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा तोकिएको छ । आज यूएई दिर्हाम १ को २९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा छ । बहराइन दिनार १ को २९१ रुपैयाँ २५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ८४ पैसा छ । आज कोरियन वन १ सयको ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा छ ।
यस्तै बिहिबार कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ २५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

Related Articles

Close
Close