भिडियोरोचकसमाचार

मिस हेटौंडा बनेकी सुरक्षा जि.सीले पाईन्- शिशिर भण्डारीसँग म्युजिक भिडियोमा अभिनय गर्ने मौका (भिडियो हेर्नुस)

ईटहरी/ मिस हेटौंडा युनिभर्सल २०१९ सम्पन्न भएको छ । सनिवार हेटौंडामा सम्पन्न ग्राण्ड फिनालेमा हेटौडाकी सुरक्षा जिसिले उपाधी चुम्न सफल भईन् । ड्रीम्स प्रोडक्सनको आयोजनामा भएको उक्त ब्युटी प्याजेन्टको फर्स्ट रनरअप लगिका भट्टराई भईन् भने सेकेण्ड रनरअप कश्मिरा थापा हुन सफल भईन । यस्तै थर्ड रनरअपको उपाधी भने कृशा अर्यालले चुम्न सफल भईन् । कलाकार तथा नया नया न्युज नेपालका शिशिर भन्डारी प्रमुख अतिथी तथा आकर्षक रहेको कार्यक्रममा अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्सीले आईएलटीएस फ्री र बिजेता अस्ट्रेलिया जान चाहेमा १ लाख ५० हजार प्रदान गर्ने भएको छ । यस्तै उक्त कन्सलटेन्सीले सहभागी ११ जनालाई नै उपहार प्रदान गरेको छ भने बिजेतालाई कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर बनाउने छ ।

यस्तै करिब ५०० को हाराहारीमा भेला भएको दर्शक बिच बिजेतालाई शिशिर भन्डारीले आफ्नो आगामी म्युजिक भिडियोमा डेब्यु गर्ने मौका दिने उद्घोष पनि गरे । शिशिरले यस पुर्व आफ्नो गीत हाम्रो माया जिन्दावादबाट टिकटकमा हिट भएका प्रिज्मा र प्रिन्सी खतिवडा जुम्ल्याहा दिदी बहिनीलाई डेव्यु गराएका थिए । यस बिषयमा शिशिर भण्डारीले आफ्नो फेसबुक स्ट्याटस मार्फत लेखेका छन् “दुई युवा भाईहरु अँकित भुषाल र युवराज चौलागाईले हेटौंडामा आयोजना गर्नु भएको “मिस हेटौंडा युनिभर्सल- 2019″ मा प्रमुख अतिथिको रुपमा सहभागी हुन शनिबार हेटौंडा पुगेको थिएँ । भव्य र सभ्य कार्यक्रमका बिच प्रतिस्पर्धी ११ हेटौंडाका चेलीहरुले सडक सडक र पसल पसलबाट सँकलन गर्नु भएको १५ हजार सहयोग रकम हामीलाई हस्तान्तरण गर्नु भयो । उक्त सहयोग रकम हामी गोपी मिजारलाई बुझाउँनेछौं । सामाजिक उद्येश्यका साथ गरिएको यो सौन्दर्य प्रतियोगितासँग आवद्ध सबैलाई सम्मान छ । मिस हेटौंडा युनिभर्सलमा उत्कृष्ट हुनु भएकी हेटौंडाकी चेली सुरक्षा जि.सीलाई हामीले हाम्रो आउँदै गरेको म्युजिक भिडियोमा अभिनयको मौका पनि दिदैछौं”

Related Articles

Close
Close