रोचकसमाचार

हराएको दुई दिन पछि एक दुई वर्षकी बालिका जंगलमा सकुशल फेला परिन

ताप्लेजुङ, १५ साउन । घरवाट हराएको दुई दिन पछि एक दुई वर्षकी बालिका जंगलमा सकुशल फेला परेकी छन् । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ की दुई वर्षिया बालिका सुम्निमा लिम्बु घरवाट दुई दिन अघि हराएकी थिइन् । परिवारका सदस्यले खोजि गर्दा फेला नपरेपछि प्रहरीको सहयोगमा खोजी सुरु गरिएको थियो ।

 

हराएको दुई दिनपछि सकुशल फेला परे पछि बालिकाको आमावुवा निकै खुसी भएका छन् । साउन १२ गते दिउँसो घरैबाट हराएकी लिम्बुलाई प्रहरीले नजिकैको जंगलमा मंगलबार फेला पारेर परिवारको जिम्मा लगाएको हो ।

 

बालिकाका बाबुआमा काममा गएको बेलामा बालिका हराएकी थिइन् । घरमा वृद्ध हजुरवुवासंगै रहेकी बालिका अचानक हराएकी थिइन् । उनी कसरी जंगलमा पुगिन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुई वर्षको त्यती सानो बालिका जंगलमा पुग्नुलाई अचम्म मानिएको छ । फोटो अन्नपूर्ण

Related Articles

Close
Close