अन्तर्राष्ट्रिय समाचारसमाचार

गुडिरहेकाे बसमा शक्तिशाली ब मविस्फाेटः कम्तीमा २८ जनाको ज्यान गयाे

काठमाडाैं : शक्तिशाली ब मलाईयात्रुबाहक बसले ठक्कर दिँदा कम्तीमा २८ जनाको ज्यान गएकाे छ । बुधबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेको स्थानीय प्रहरीले जनाएको छ । ब मअफगानिस्तानको विद्रोही समूह तालिबानले राखेको अनुमान गरिएको छ ।

राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्व न्द्वको चपेटामा परेर सर्वसाधारण बढी मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले कन्दाहार–हेराज राष्ट्रिय राजमार्गमा गुडिरहेको बस दुर्घटनामा परेको जानकारी दिए । उनले सडक किनारामा तालिबान समूहले राखेको ब ममा यात्रुबाहक बसले ठ क्कर दिएको बताए ।

उक्त घटनामा अरु १० जनास ख्त घा इतेभएका छन् ।फराहका गभर्नरका प्रवक्ता फारुक बाराकजाईले ब मनिकै शक्तिशाली भएकाले मृ त्यु हुनेको संख्या अझबढ्न सक्ने बताए । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया दिएको छैन ।

राष्ट्रसंघले मंगलबार मात्र सार्वजनिक गरेको पछिल्लो विवरणमा सन् २०१९ का छ महिनाको अवधिमा समग्रमा व्यक्ति ह त्याको संख्यामा २७ प्रतिशतले कमी आएको भए पनि सर्वसाधारणको मृ त्यु बढी भएको उल्लेख छ ।

चालू वर्ष २०१९ का छ महिनामा एक हजार ३६६ जना सर्वसाधारणको मृ त्यु भएको छ भने दुई हजार ४४६ जना घाइते भएका छन् । समग्र सर्वसाधारणको मृ त्युमध्ये पनि एक तिहाई बालबालिकाको रहेको छ । राष्ट्रसंघका अनुसार तालिबानका कारण भन्दा पनि सरकारी फौज र अमेरिकी नेतृत्वको फौजको कारबाहीमा बढी नागरिकको ज्यान गएको छ ।

राष्ट्रसंघले हिं सा रोक्न भइरहेका प्रयास निकै अपर्याप्त रहेको ठहर गरेको छ । आगामी सेप्टेम्बर २८ मा राष्ट्रपतिको निर्वाचन हुने घोषणा गरिएका कारण पनि देशभर हिं सा अझ बढ्ने अनुमान गर्न थालिएको छ । चुनावमा अफगानिस्तानका प्रमुख विद्रो ही शक्तिहरु तालिबान समूह र इस्लामिक स्टेटको पूर्ण विमती रहेको छ ।

औपचारिक चुनावी अभियान प्रारम्भ हुनुअघि आइतबार काबुलमा भएको एक आ क्रमणमा कम्तीमा २० जनाको मृ त्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए । तालिबान समूहका आत्मघा ती आ क्रमणकारीले राष्ट्रपतिका सम्भावित उम्मेदवार अमरुल्लाह सालेहको काबुल कार्यालयमा आ क्रमण गरेका थिए ।

राष्ट्रपतिको चुनाव हुनुअघि नै तालिबान समूहसँग शान्ति सम्झौता गर्ने तयारी अमेरिकाको छ, तर कतारमा महिनौंदेखि जारी अमेरिका र तालिबानबीचको वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन । राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्व न्द्वको चपेटामा परेर सर्वसाधारण बढी मा रिएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

Related Articles

Close
Close