मनोरंजनरोचकसमाचार

शिल्पाले प्ले ब्वाई को ट्याग दिदाँ आर्यनले दिए यस्तो कडा जवाफ…

नायिका शिल्पा पोखरेलले केहीसमय अघि छविले आफूलाई नायक आर्यन सिग्देल प्ले ब्वाई भएको बताएकाले आर्यनको नजिक कहिल्यै नगएको बताइन् । शिल्पाले आफ्नो पहिलो चलचित्र नै आर्यन सिग्देलसँग खेलेकी थिइन् ।

छवि र शिल्पाको झगडाको विषय बाहिर आएपछि शिल्पाले यो कुरा पनि भनेकी थिइन् । अहिलेसम्म आर्यन यो कुरामा मौन नै थिए । उनले कहिले छवि र शिल्पालाई केहीपनि भनेनन् । तर अहिले भने आर्यनले छवि र शिल्पालाई कडा जवाफ दिएका छन् ।

उनले आफूू कस्तो छु भन्ने कुरा आफ्नो परिवार र दर्शकलाई नै थाहा भएको बताए । उनले यस्ता सामान्य कुराले आफूलाई कुनै फरक नै नपार्ने समेत बताए । उनले शिल्पाले भनेको कुराले आफूलाई केही समस्या नभएको बताए । उनी अहिले चलचित्र हजार जुनीसम्म को प्रमोशनमा व्यस्त छन् ।

Related Articles

Close
Close