रोचकसमाचार

सु सा इ ड नोटमा शिक्षकको नाम लेखेर आ त्म ह त्या, ‘म र्नु को कारण प्लस टु कोर्डिनेटर’ !

धनगढी : कञ्चनपुरमा एक विद्यार्थीले सु सा इ ड नोटमा शिक्षककको नाम लेखी आ त्म ह त्या गरेका छन्। कञ्चनपुर लिटिल बुद्ध एकेडेमीमा कक्षा १२ मा अध्ययनरत सुरज लेखकले घरको आफ्नै कोठामा झु ण्डि एर आ त्मह त्या गरेका हुन्।

सुरजले सु सा इड नोटमा ‘म र्नु को कारण हरिलाल जोशी एलबिए प्लस टु कोर्डिनेटर’ भनेर उल्लेख गरेका छन्। उनले फेसबुकमा समेत ‘आई क्वी ट’ भनेर लेखेका थिए।

कलेजका प्रिन्सिपिल श्यामसिंह मौनीका अनुसार शुक्रवार कलेज नआएका सुरज र उनका अन्य दुई साथीहरु अभिषेक चन्द र मनिश विष्ट कलेज नजिकैको होटलमा बसेका थिए। सुरज कलेज पोशाकमा थिएनन्, उनको त्यस दिन पेटमा समस्या आएकाले बजार औषधी लिन गएको दाई सागर लेखकले बताए।
कलेज समयमा कलेजको पोशाकमा होटलमा बसिरहेका उनीहरुलाई संयोजक हरिलाल जोशीले समातेर कलेजमा पुर्‍याए। कलेज बिदा भइसकेपछि धेरै अबेरसम्म उनीहरुलाई कलेजमै राखियो। ती तिनै जनालाई धेरैबेर कलेजमा नै पर्खाएर पछि भोलिदेखि नियमित विद्यालायमा आउने लिखित प्रतिबद्धता गराएर छोडियो । यसबीचमा उनीहरुबाट लिखित रुपमा कागजमा ‘औँठा छाप’ गराउने काम मात्रै भएन, उनीहरुको अभिभावकलाई विद्यार्थीको अवस्था बारे जानकारी दिने काम समेत भयो।

मृतक सुरज बाहेक अरुका अभिभावकलाई सम्पर्क भयो र उनीहरुलाई अभिभावकको जिम्मा लगाइयो। तर सुरजका अभिभावकसँग सम्पर्क हुन सकेन। सुरजलाई पनि कागजमा ‘औँठा छाप’ लगाएर छोडियो। पछि उनको अभिभावकसँग सम्पर्क भएपछि सुरजको पछिल्लो अवस्थाबारे जानकारी दिइएको थियो। उनका बुवा गणेश दत्त लेखक जगन्नाथ बहुमुखी क्याम्पस बैतडीका प्राध्यापक (पूर्व–क्याम्पस प्रमुख) हुन्।

शिक्षक जोशीविरुद्ध किटानी जाहेरी

जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहेका सुरजका बुवा गणेश लेखकले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षक हरिलाल जोशीविरुद्ध ‘आ त्म ह त्या दुरुत्साहन’ सम्बन्धी कि टा नी जा हेरी दिएका छन्। उनले छोरालाई विद्यालयबाट तनाव दिएर आ त्म ह त्या गर्न बाध्य पारिएको भन्दै शिक्षक जोशीविरुद्ध कि टा नी जाहेरी दिएको बताए।

‘म पनि शिक्षक हुँ, तर शिक्षकबाट गल्ती भएको छ,’ उनले भने, ‘त्यही भएर सत्यतथ्य छानबिनका लागि कि टा नी दिएको हुँ।’ कञ्चनपुरका प्रहरी प्रवक्ता गणेशबहादुर बमले पी डि त पक्षबाट आएको कि टा नी दर्ता भएको पुष्टि गरेका छन्।

संयोजक जोशी बर्खास्त

लिटिल बुद्ध एकेडेमीले प्लस टु संयोजक हरिलाल जोशीलाई आइतबार विद्यालयबाट हटाएको छ। प्रिन्सिपल श्यामसिंह मौनीले विद्यार्थीले गरेको सु सा ई ड नोटमा शिक्षक जोशीको नाम उल्लेख भएकाले उनलाई छानबिनका लागि विद्यालयबाट हटाइएको बताए

Related Articles

Close
Close