रोचकसमाचार

२५ वर्षीया सृजना बैशाख २६ गतेदेखि बेपत्ता : परिवारमा रुवाबासी,शेयर गरी सहयोग गर्नुहोस

चितवन । भरतपुर महानगरपालिका–२५ अमृत नगरकी सृजना काफ्ले बैशाख २६ गतेदेखि बेपत्ता भएकी छिन् । करिब साढे दुई महिनादेखि सृजना सम्पर्कमा नआएपछि परिवारले खोजबिन गरिदिन सबैलाई आग्रह गरेका छन् । वर्ष २५ की सृजनाले सप्तगण्डकी क्याम्पसबाट यस वर्षको कक्षा १२ को परीक्षा दिएकी थिइन् ।

परीक्षा केन्द्र बालकुमारी कलेज परेकाले परीक्षाको अवधिमा उनी आफ्नो सानिमाको घर पिपलचोकमा बसेकी थिईन् । उनकी आमा बालकुमारी काफ्लेका अनुसार बैशाख २६ गते दिउँसो ४ बजेर १० मिनेटमा घर आउँदै छु भनेकी थिइन् । ‘त्यो दिन घरमा नआएपछि साथीहरु कहाँ बुझियो,उनले भनिन्, ‘भोलि पल्ट पनि खोजी गरे । केही सिप नलागेपछि प्रहरीका उजुरी दिए ।’

खोजी गर्दै जाँदा उनको एक भारतीय युवासँग सम्बन्ध रहेको देखिएको छ । प्रहरीले गरेको कल डिटेल चेकिङ, फेसबुकमा गरेको कमेन्ट र उनका ९ वर्षिय भाईले दिएको बयानका आधारमा सो कुरा खुल्न आएको छ । भारतको यूपीका राज कुमार सिंह नाम गरेका ती युवासँग सृजनाको ३ दिनको अवधिमा ३ सय ६ पटक फोन भएको देखिएको छ । राजकुमारले बैशाख २४ गते झापाको मेची नगरबाट ९८१६०५०३३६ नम्बरको फोन निकालेका थिए । यो नम्बरबाट उनले सृजनाबाहेक अरु कसैसँग पनि कुरा गरेका छैनन ।

राजकुमारले सृजनालाई लामो समयदेखि भारतबाटै फोन गर्ने गरको पनि खुल्न आएको छ । सृजना बेपत्ता भइसकेपछि उनको सिरानीमुनि राजकुमारका भारतीय ३ वटा नम्बर लेखेर राखेको कापी फेला परेको छ ।
सृजनाले केही समयदेखि सानो मोबाईल चलाई फेसबुक, इमो, चलाउने मोबाईल भने घरमै राखेकी थिइन् । त्यो मोबाईलमा अहिलेपनि उनको फेसबुक, इमोहरु चलिरहेको छ । यी दुईले ३ वटा फेसबुक आइडी, इमोबाट नियमित घण्टौँसम्म कुरा गरेको रेर्कड देखिन्छ ।

एक मात्र छोरी साढे २ महिनादेखि बेपत्ता भएपछि उनका बुबा रुकुमगत काफ्ले मलेसियाबाट घर आएका छन् । उनका बुवाले छोरीलाई राजकुमारले नराम्रो नियतले भारत लगेको बताए । ‘परिवार भएको मान्छेले विहे गरेर लगेन,उनले भने,‘राम्रो नियतले लगेको भए छोरी सम्पर्कमा आउँथिइ । मलाई बेचेको आशंका लागेको छ । कि चाँहि मारेर फालेको हुनुपर्छ ।’

‘कल डिटेल र सिमकार्ड निकालेको डकुमेन्ट निकाल्न यति धेरै समय लाग्यो, उनले भने,‘ छोरीको खोजी गर्न प्रशासनले चासो दिएको जस्तो लागेन । हामीले भारतमै गएर खोज्न असम्भव छ ।’ यता जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवत्ता एकनारायण कोइरालाले यस विषयमा अनुसन्धान भइरहेको बताए । राजकुमार सिंह नेपाली वा भारतीय हो भन्ने नखुलेकाले थप अनुसन्धानमा कठिनाइ भइरहेको जानकारी दिए ।

Related Articles

Close
Close