अन्तर्राष्ट्रिय समाचाररोचकसमाचार
Trending

सामाजिक सञ्जाल समय बर्बाद गर्न हैन यी सेलिब्रेटीले एउटा पोस्टबाटै यसरी २ करोड रुपैयाँ कमाउँछन्

एजेन्सी । विश्वमा सामाजिक सञ्जालको प्रयोग ज्यादै उच्च छ । तपाई धेरैलाई थाहा नहोला धेरै फलोअर्स भएका सेलिब्रेटीहरुका लागि यो कामाउने राम्रो काईदापनि बनेको छ । ब्रिटेनकी सोशल मीडिया म्यानेजमेण्ट कम्पनी हूपर एचक्यूले एक लिस्ट जारी गरेको छ ।
उक्त लिस्टमा उल्लेख भए अनुसार प्रियंका चोपडाले एक पोस्टको १ करोड़ ८७ लाख रुपैयाँ शुल्क लिने गरेको उल्लेख छ । भारतिय क्रिकेटका कप्तान विराट कोहली इंस्टाग्राममा ज्यादा सक्रिय छन् । ब्रिटेनको सोशल मीडिया म्यानेजमेण्ट कम्पनी हूपर एचक्यूले बुधवार सन् २०१९ को इंस्टाग्राम रिच लिस्ट’ घोषित गरेको छ । यसमा यीनै दुई भारतीय सेलिब्रेटीकोपनि स्थान मिलेको छ ।

यो लिस्टमा पहिलो अर्थात शीर्ष स्थानमा काइली जेनर छिन् । उनलाई पछिल्लो समय विश्वकै धनी ब्यक्रिको सूचीमा समेत राखिएको छ । काइली रियलिटी टीभी स्टार किम, कोल र कर्टनी कार्दशियनकी बहिनी हुन् । उनका नाम यो साल फोर्ब्स म्याग्जीनको सूचीमा अहिलेसम्मकै कम उमेरकी विश्वकी धनीको सूचीमा नाम छ । उनलाई अहिलेसम्मकै ‘यंगेस्ट सेल्फ–मेड बिलिनियर’ को रुपमा चिनिन्छ ।

दोस्रो नम्बरमा अमेरिकी सिंगर एरियाना ग्रेड तेस्रो नम्बरमा फुटबलर क्रिस्टियानो रोनाल्डो, त्यसपछि टीभी स्टार किम कार्दशियन र सेलेना गोमेजको नाम सामेल छ । रिपोर्टका अनुसार प्रियंका चोपडा आफ्नो इंस्टाग्राम प्रोफाइलमा एक पोस्ट गर्न १ करोड ८७ लाख रुपैयाँ लिन्छिन् । उनका ४ करोड़ ३० लाख फलोअर्स छन् । उनी यो साल इंस्टाग्राम मा ‘मोस्ट फलो अकाउंट’को दर्जापनि मिलेको छ ।

विराट कोहली १ करोड ३५ लाख चार्ज लिन्छन्

क्रिकेटर विराट कोहली यो साल ‘एंगेज्ड अकाउंट अफ द ईयर’ को अवार्ड पाएका छन् । उनीपनि आफ्नो अकाउण्टबाट १ प्रायोजित पोस्ट शेयर गर्नका लागि १ करोड ३५ लाख भारु शुल्क लिने गर्दछन् । उनको नाम इन्स्टाग्राममा सबैभन्दा धेरै सक्रिय रहने वाला खेलाडिको रुपमा चिनिन्छ ।

हूपर एचक्यूले यो सूची सेलिब्रेटीले सोशल मीडिया अकाउंट्समा एक पोस्टको लागि लिने शुल्क र फलोअर्सका आधारमा तयार पारेको हो । इन्स्टाग्राम एक फोटो र भिडियो सेयर गर्न मिल्ने प्लेटफार्म हो । जुन दुनियाँभरी १ बिलियन यूजर्स छन् ।

Related Articles

Close
Close