समाचार

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि चितवन पुगेका धुर्मुसले आजदेखि पुनः काम सुरु गरे !

दुई महिनादेखि रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम आजदेखि पुनः सूचारु हुने भएको छ । हिजो सोमबार विहान भरतपुरमा बसेको धुर्मुस सुन्तली फाउण्डेशन र रंगशाला निर्माण सहयोग समिति चितवनको संयुक्त बैठकले मंगलबारदेखि रंगशाला निर्माणको काम सुरु गर्ने निर्णय गरेको हो ।
रंगशाला निर्माण गर्न चितवनमा सर्वपक्षीय ५ हजार १ सदस्यीय मूल सहयोग समिति गठन गरिएको छ ।स्थानीयको एक समूहले जेठ १५ गते डोजर लगाएर रंगशालाको बार भत्काएको र कामदारलाई धम्की आएको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले काम रोकेको थियो ।त्यसपछि स्थानीयसँग सहमति भई भत्काइएको बार पनि स्थानीयकै प्रयासमा उठाइएको छ ।दुई महिनाको अवधिमा भएका पटक–पटकका छलफल र संवादपछि धुर्मुस सुन्तली फाउण्डेशन रंगशाला निर्माणका लागि तयार भएको हो ।

रंगशाला निर्माणको काम र सहयोग संकलनको कामलाई एकसाथ अघि बढाउने बैठकले निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । उहाँले सहयोग संकलनलाई अभियानको रुपमा संचालन गरिने बताएका छन् ।‘रंगशालाको डिपिआर छिटो टुङग्याउन सहयोग समितिका तर्फबाट आग्रह भएको छ,उनले भने ’,यसका लागि लाग्ने लागत रकम बोल्नेहरुबाट संकलन गर्ने भनिएको छ ।’जिल्ला स्तरीय सर्वपक्षीय समितिले रंगशाला निर्माणका लागि रकम जुटाउने, अन्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको र काममा फर्कन आह्वान गरेकाले आफूहरु रंगशाला निर्माणका लागि फर्किएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताए । ‘हामी हिजोपनि भागेर हिडेका थिएनौं, आज र भोली पनि भाग्ने अवस्था आउँदैन्, उनले भने ’,विभिन्न घटनाक्रमले दुई महिना फिल्डको काम रोकियो ।’डिपिआरको काम भने निरन्तर भइरहेको धुर्मुसले जानकारी दिएका छन् । रंगशाला निर्माण भएरै छाड्ने भन्दै उनले सहयोगका लागि सम्पूर्णलाई अपिल गरे ।वैठकमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी,प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत,धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस,नेकपा चितवनका अध्यक्ष यम बहादुर परियार,नेपाली काँग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

Related Articles

Close
Close