रोचक

दुई बच्चा सहित महिला नारायणीमा हाम फालिन

काठमाडौं / छोराछोरीसहित एक महिला नारायणी नदीमा हामफाल्दा दुबै बच्चाको मृत्यु भएको छ ।महिलाको जीवितै उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका इन्सपेक्टर राजेन्द्र अधिकारीअनुसार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ निवासी २४ वर्षीया सुधा विश्वकर्मा बुधबार त्रिवेणीस्थित गण्डक पुलबाट २ सन्तानसहित नारायणीमा हाम्फालेकी हुन् ।हाम्फालेको देख्नासाथ स्थानीयले आमाको जीवितै उद्धार गरे भने दुई बच्चालाई बचाउन सकेनन् । उनी साढे २ वर्षको छोरा अविनास र डेढ महिनाकी छोरी निकितालाई लिएर हाम्फालेको स्थानीय प्रेमचन्द्र रौनियारले बताए ।उद्धार गरिएकी सुधालाई जिल्ला प्रहरी कार्यालय कावासोती पुर्‍याइएको छ । सुधाका श्रीमान् नेपाल प्रहरीको जर्गाह गण पश्चिम नवलपरासीमा कार्यरत छन् । घटनाबारे गहिरो अनुसन्धान थालेको प्रहरीको दाबी छ ।

Related Articles

Close
Close