रोचक

के हो डिप्रेशन? किन महिलालाई नै बढी हुन्छ ? जसबाट बच्नका लागि अपनाउनुहोस् यस्तो उपायहरु

स्वस्थ्य भएर बाँच्नु हरेक मानिसको इच्छा हो । तर, यो मानिसको इच्छामा रोग बाधक बनेर आइदिन्छ । शारीरिक रोगभन्दा मानसिक रोग घातक हुन्छ । यसको प्रमुख एउटा कारण हो– डिप्रेशन !

व्यस्त जीवनशैलीसँगै आफ्नो परिवारलाई समय दिन नसक्नु, भावनाको कमी, सामाजिक सञ्जालमा अल्झिरहनु जस्ता अनेक कुराहरुले ठुला देखी लिएर स–साना बालबालिकालाई पनि उत्तिकै असर पुर्याईरहेको छ ।

समयको परिवर्तनसँगै प्रतिस्पर्धात्मक सोचाईका कारण आजभोली मानिस आफ्नो स्वास्थ्यलाई ध्यान दिन पाईरहेका हुँदैनन् ।

प्रायः युवाहरु पढाईसँगै हरेक कुराको प्रेशर बढनका कारण डिप्रेशनको शिकार बन्न पुगिरहेका हुन्छन् ।

डिप्र्रेशनको मूख्य कारक तत्व पढाई, तनाव,अफिसमा कामको दवाव बढ्नु,धेरै भन्दा धेरै कमाउने इच्छा इत्यादि हुन् ।

हरेक मानिस लामो समयसम्म उदास भईरहनु डिप्रेशनको संकेत पनि हो ।

जुन मानसिक विकार भएकाले डिप्रेशन हुन पुगेका मानिसहरु कहिल्यै खुशी हुन नसक्नु, जीवनमा घटेका दुःखका कुराहरुको मात्रै याद आईरहने हुन्छ ।

जसकारण डिप्रेशनमा पुगेका मानिसहरु यही सोचाईका कारण जिउने आधार नै दखिरहेका हूदैनन् ।

त्यसैले, प्रायः यस्तो समस्य भएका व्यक्ति धेरैले ज्यान पनि गुमाएका छन् ।

जुन, डिप्रेशन पुरुषमा भन्दा महिलामा बढी दखिने सम्भावना हुन्छ ।

किनभने विश्व स्वास्थ संगठनका अनुसार, अहिलेको आधुनिक समयमा महिलामा घर परिवार सँग–सगै भविष्या र अन्य जिम्मेवारीहरु हुन्छन् ।

जस्तैः अफिसमा छुट्टी भएको दिनमा पनि महिलाले घरमा काम गर्ने भएकाले आराम लिन पाउँदैन्न ।

महिलाहरुमा बढी डिप्रेशन हुने अर्काे कारण हार्मोनको परिवर्तन पनि हो ।

यसरी डिप्रेशनमा पुगेका मानिसहरुलाई बढी मात्रामा हट अट्याक हुने सम्भावना हुन्छ ।

त्यसैले, डिप्रेशनबाट आफु र बच्चालाई कसरी बचाउने यी सबै कुरामा जानकार हुनुहोस् !

–फुर्सदको समयमा खुसी रहने कोशिष गर्नुहोस् ।

–नकरात्मक सोचाईलाईबाट टाढा रहनुहोस् ।

–निन्द्रा पुग्ने गरि सुत्नुहोस् ।

–समयमा सुत्ने र उठ्ने बानी बसाल्नुहोस् ।

–विगतलाई भूलेर बर्तमानमा बाँच्न सिक्नुहोस् ।

–डिप्रेशनबाट मूक्ति पाउनको लागि नियमित योगा गर्नुहोस् ।

–साथीभाई तथा परिवारसँग बढी समय बिताउनुहोस् ।

–बालबालिकालाई खेलकुद्मा व्यस्त बनाउनुहोस्, किनभने यसो गर्दा शारीरिक रसायनको सन्तुलन हुने भएकाले डिप्रेशन हुन पाउँदैन ।

–प्रकृतिसँग समय बिताउनुहोस् ।

–कपालको मसाज गर्ने तथा स्टीम बाथ लिनुहोस्

–यसले गर्दा शरिरमा आराम हुँदा दिमागमा पनि राम्रो असर पर्ने हुन्छ ।

Related Articles

Close
Close