भिडियोरोचकसमाचार

‘रातो टीका निधारमा’को पहिलो गीत सार्वजनिक हेर्नुहोस भिडियो सहित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘रातो टीका निधारमा’को पहिलो गीत सार्वजनिक भएको छ । रोमान्टिक ‘मेरो माया हो..’ बोलको गीतमा नेपाल आइडल फेम्ड निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको छ ।

रवि मल्लको शब्द रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार द्वउ नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक अंकित शर्मा फिचर्ड छन् ।

अशोक शर्मा निर्देशित चलचित्रमा साम्राज्ञी र अंकितसँगै बुद्दि तामाङ, रविन्द्र झा, नीता ढुंगाना, शिवहरि पौडेल, राजाराम पौडेललगायत कलाकारको मुख्य भूमिका छ । दसैंको छेको पारेर चलचित्र रिलिज हुने ‘रातो टीका निधारमा’ मार्फत अंकित चलचित्रमा डेब्यू गर्न लागेका हुन् । उनी अशोक शर्माका छोरा हुन् ।

Related Articles

Close
Close