समाचार

धुर्मुस सुन्तलीले निर्माण गर्ने फिल्म ‘सेन्टी भाइरस’काे नाफा समाज सेवामा लगाइने

काठमाडाै‌ । चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरिरहेका हास्यकलाकार द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले निर्माण गर्ने फिल्मको नाम ‘सेन्टी भाइरस’ जुराइएको छ ।बुधबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको नाम ‘सेन्टी भाइरस’जुराइएको फिल्मको घोषणा गरिएको हो । फिल्म सामाजिक विषयवस्तु र हाँस्यव्यंग्यमा आधारित हुने बताइएको छ ।

भाद्र ३ गतेबाट छायांकन हुने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । ‘सेन्टी भाइरस’ले गरेको नाफाको बीस प्रतिशत रकम समाज सेवामा लगाउने निर्माता तथा कलाकार कट्टेलले बताए । कट्टेलले फिल्मबाट आउने नाफाको १५ प्रतिशत रकम गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानलाई सहयोग र पाँच प्रतिशत रकम कलाकार संघको भवन निर्माणमा प्रदान गरिने समेत जानकारी दिए ।

फिल्म ‘सेन्टी भाइरस’मा सिताराम र कुञ्जना सँगै अभिनेता दयाहाङ्ग राई, विल्सन विक्रम राई, बुद्धी तामाङ्ग, राजाराम पौडेल, बसन्त भट्ट, सुर्यमाला खनाल, दिपक आचार्य लगायत कलाकारहरुको पनि अभिनय रहनेछ ।

Related Articles

Close
Close