समाचार

हिरोइन बन्न सुन्तलीलाई कसले रोक्यो ? (भिडियो अन्तर्वाता)

काठमाडौं । हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले चलचित्र बनाउने घोषणा गरेका छन् । पछिल्लो समय सामाजिक कार्यमा व्यस्त धुर्मुस-सुन्तलीले धेरै लामो समयको प्रतिक्षापछि फिल्म बनाउने घोषणा गरेका हुन् ।

रामबाबु गुरुङले निर्देशन गर्ने ‘सेन्टी भाइरस’ मा धुर्मुस सुन्तली आफैं पनि अभिनय गर्दैछन् । सामाजिक कथा वस्तुमा बन्ने कमेडी जनराको चलचित्रमा उनीहरुसँगै दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, बसन्त भट्ट र दीपक आचार्य लगायत कलाकारको मुख्य भूमिका रहनेछ ।
टेलिफिल्मबाट चर्चामा रहेकी सुन्तलीको सानैदेखिको उद्देश्य पनि चलचित्र क्षेत्रमै काम गर्ने थियो । तर उनले त्यो अवसर पाएकी थिइनन् । आखिर उनलाई के ले रोकेको थियो त ? हेर्नुहोस तलको भिडियोमाः

Related Articles

Close
Close