मनोरंजनरोचक

घरजम गर्ने मु*डमा नायिका ऋचा शर्मा

काठमाडौं । नायिका ऋर्चा शर्माले यसै वर्ष विवाह गर्ने संकेत गरेकी छिन् । केही समययता राणा परिवारका युवासँगको प्रेममा रहेको बताइएकी ऋर्चाले यसअघि एक अन्तर्वार्ताको क्रममा २०७६ सालमा विवाह गर्ने याेजनामा रहेकाे बताएकी थिइन् ।

ऋचाकाे समकालीन साथी प्रियंका कार्की पनि यसै वर्ष बैवाहिक बन्धनमा बाँधिदैछिन् । ऋर्चाले पनि विवाह गर्ने निर्णय लिएकी छिन् । फिल्ममा अभिनय गरेकी ऋर्चा पछिल्लो समय विभिन्न रियालिटी शोहरुमा निर्णायकको भूमिकामा समेत देखिने गरेकी छिन् । गतवर्ष ऋर्चाले हरर फिल्म ‘सुनकेसरी’ निर्माण गरेकी थिइन् । उनलाई यो फिल्मले सोचे जति सन्तुष्टि दिएन । अब उनले हरर फिल्म खेल्ने इच्छा समेत नभएको बताएकी छिन् ।

फिल्म निर्माण तिर नदेखिएकी ऋर्चाले यही वर्ष ‘पाङग्रा एक्सपेस्र’ मार्फत व्यवसाय तिर हात हालिन्। अब भने उनी घरजम गर्ने मुडमा पुगेकी हुन् ।

नङ फुल्दा नयाँ लुगा आउने हाेइन , राेग आउने गर्दछ – जान्नुहाेस्

नङमा सेतो धर्सा बसेमा हामी त्यसलाई नङ फुलेको भन्छौँ । बच्चाबेलामा यसरी नङ फुल्दा नयाँ तथा राम्रो लुगा पाइन्छ भनेर निकै खुशी हुने गरिन्थ्यो ।

तर, नङ फुलेमा वा नङको रङ परिवर्तन भएमा आयुर्वेदिक, होमियोप्याथिक, युनानी, आमची तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिहरूमा यसलाई स्वास्थ्यसँग जोडिएको समस्याको रुपमा लिइने गरिन्छ । नङ फुल्नु स्वास्थ्यको दृष्टिले राम्रो मानिन्दैन ।

नङ विभिन्न स्वास्थ्य कारणले फुल्ने गर्छ । नङमा सेतो दाग देखिनु विज्ञानको भाषामा ल्युकोनाकिया भएको वा म्युरेक्स लाइन भनिने गरिन्छ । नङको तल्लो भागमा चोट लागेमा वा नङ थिचिएमा नङमा सेतो दाग देखिन थाल्छ ।

ढोकामा वा ढुंगामा नङ ठोकिदा वा च्याप्दा सेतो दागहरु आउन थाल्छ । मानिसको शरीरमा जिंक, प्रोटिन तथा क्याल्सियमको कमिका कारण नङमा सेतो धर्सा वा दाग देखिन थाल्छ ।

जिंक, प्रोटिन तथा क्याल्सियम प्राप्त हुने सन्तुलित भोजन खाएमा यस्तो समस्याबाट मुक्ती पाउन सकिन्छ । दैनिक खाने भोजनमा गेडागुडी, कार्बोहाइड्रेड, पोर्क, नट, सुन्तलाको जुस, दुध लगायत खानेकुरालाई समावेश गरेमा पोषणको मात्रा शरीरमा सामान्य अवस्थामा आएमा म्युरेक्स लाइन आफै हराउन थाल्छ । नङ फुल्नु शरीरमा भएको केही गम्भीर रोगको लक्षण समेत हुन सक्छ ।

केहि दिनमै नङको सेतो दाग हराएमा चिन्ता लिनु पर्दैन । तर, यस्तो दाग लामो समयसम्म देखिएमा तत्काल चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । धेरै नङ फुलेमा यसले लिभर, हेपाटाइटिस, किड्नी, एनेमिया लगायतका गम्भीर रोगका लक्षण समेत हुने पाइएको छ ।

साथै, नङ पोलिसको एलर्जीका कारण पनि नङमा सेतो दाग आउने गर्छ । नङ पालिसमा हुने विभिन्न रसायनका कारण नङको भित्री भागमा असर गर्ने हुन्छ जसकारण सेतो दाग आउन सक्छ ।

यदि गम्भीर रोगको लक्षण नभएमा नङमा भएको दागलाई हटाउने सरल उपायहरु छन् । यस्तो समस्या हुदा भिटामिन ई वा बडी लोसनले हातलाई मोश्चराइज गर्नु पर्छ ।

मोश्चराइजर प्रयोग गर्दा नङको छालामा पनि छुने गरि प्रयोग गर्नु पर्छ । क्याल्सियम, प्रोटिन, जिंक युक्त प्रसस्त खानेकुरा खाने गर्दा पनि केहि हद सम्म नङ फुल्ने समस्याबाट समाधान पाउन सकिन्छ ।

Related Articles

Close
Close