समाचारस्वास्थ्य/ जिबनशैली

भगवान यस्तो कसैलाई नहोस् : पिसाब थैलीमा १२० सि.एम को बिजुलीको तारा पसेपछि [भिडियो]

काठमाडौं । केही दिन पहिले एक गर्भवतीको पेटमा गोली भेटिएको भारतको खबर विश्वभर भाइरल भएको थियो । बेलाबेलामा पेटमा चम्चा पञ्जा भेटिएका घटनाहरु आइरहेका हुन्छन् । यस्तै, मान्छेको पिसाब थैलीमा एक सय बिस सेन्टिमिटरको बिजुलीको तारा भेटियो भन्दा तपाईलाई आचार्य लाग्न सक्छ । सुन्दा अच्म लाग्ने देख्दा डर लाग्ने यस्ता बिरामी फेला परेका छन् । जसको कथा तपाईहरुलाई सुनाउदा आङ सिरिग हुनसक्छ ।

मकवानपुरको बकैया गाउपालीका वडा न ४ छत्तिवन जुरेली निबासी कृष्ण बहादुर फुयाल उमेरले ५० बर्ष पुगे । उनि बोल्न र कान पनि सुन्न सकदैनन् । जन्मजातै बोल्न र कान सुन्न नसकने फुयाल बिगत १० महिना देखी बिरामी परे । २ महिना अघि परिवारले उनलाई उपाचारका लागी हेटौडा अस्पताल लगे । हेटौडा अस्पतालले उनको भिडियो एक्सरे गरेर पत्थरी छ भन्दै अप्रेशनको लागी बिरामी परिबारलाई जानकारी गरायो । तर बिरामी फुयालको परिबारले ततकाल औषधी चलाउने निर्णय गर्यो ।

लगभग एक महिना सम्म औषधीले निको नभएपछि केहीदिन अघि अचानक फुयालको पिसाब बन्द भयो । पिसाब लाग्ने तर पिसाब फेर्न जादा पिसाब नआउने यो समस्याले फुयाल मात्र होईन उनको परिवार झन तनाबमा रह्यो । औषधीको भरमा निको नभएपछि फुयाललाई भरतपुरको शान्ति अस्पतालमा उपचारका लागि लगियो । त्यहा पुगेपछि फुयालको साधरण भिडियो एक्सरे भयो । एक्सरेमा अष्पट तारा जस्तो भेटिएपछि डाक्टरले पुन एक्सरे गर्न लगायो । यसपछि बिरामी फुयालको पिसाब थैलीमा स्पष्ट रुपमा बिजुलीको तार देखियो ।

यसपछि डाक्टरले बिरामीको परिवारलाई जानकारी गरायो । यो सुनेर बिरामी फुयालका परिवार अक्क न बक्क परे । यसपछि फुयाल परिवारले डाक्टरको सल्लाह अनुसार तत्काल अप्रेशन गर्न तयार गरे । भगवानको कृपा र डा. दिवाकर विश्वासको टिमको मेहनतले बिरामी फुयालको अप्रेशन सफल भयो । डाक्टरले उनको पिसाब थैलीबाट एक मिटर २० सेन्टिमिटरको लामो बिजुलीको लगभग तिन बाईसको तारा निकालेर सफल अप्रेशन गरे । अहिले बिरामी फुयाल सामान्य छन । तर उनको पिसाब थैलीमा यत्ति लामो तार कसरी पुग्यो उनको परिवार अच्चममा परेको छ । भिडियो

Related Articles

Close
Close